काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२९ कम्पनीको २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ८३ करोड १३ लाख ५५ हजार बराबरको कारोबार भएको छ । त्यस्तै, आइतबारको बजारमा एक दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडवील फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, अन्खु खोला जलविद्युत, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्