Skip to content
LAXMI SUNRISE BANK

पीएसओ र गाडी सुविधा नलिने नवनियुक्त अर्थमन्त्रीको घोषणा

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पीएसओ र गाडी सुविधा नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री नियुक्त भएका उनले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले तलब सुविधा बाहेक अन्य सुविधा नलिने जनाएका छन् । खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन र नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राखेर मन्त्री पद स्विकार गरेका थिए ।

खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK