Skip to content
LAXMI SUNRISE BANK

छापामार शैलीमा प्रहरीः फोटो-भिडियो हेरेर आन्दोलनका नाममा लुटपाट गर्नेहरु खोजिँदै, दर्जनौँ पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका नाममा लुटपाट गर्नेको खोजी सुरु गरेको छ । देशभर आन्दोलनका नाममा लुटपाट, आगजनी र आपराधिक गतिविधिको अत्याधिक गुनासो आउन थालेपछी प्रहरीले आन्दोलनका नाममा लुटपाट गर्नेलाई खोज्न सुरु गरेको हो ।

प्रहरीले हाल आगजनी र लुटपाट भएका ठाउँमा कैद भएका फोटो र भिडियो हेरेर आपराधिक गतिविधिमा संलग्नहरुको खोजी कार्य गरिरहेको छ ।

प्रहरीले सूचना नै जारी गरेर आन्दोलनका नाममा आपराधिक गतिविधि गर्नेहरुको खोजी भइरहेको र खोजीकार्यमा सघाउन अपिल समेत गरेको थियो । प्रहरीले आफूसँग भएका फोटो-भिडियो उपलब्ध गराउन पनि आग्रह गरेको थियो । 

हाल प्रहरीले सिसिटभी फुटेज, सो बेलामा कैद भएका फोटो र भिडियोका आधारमा लुटपाटमा संलग्न दर्जनौँलाई पक्राउ गरिरहेको छ । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK