काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेको छ । पूर्व सचिवसमेत रहेका खनाललाई सरकारले आइतबार साँझ अर्थमन्त्री नियुक्त गरेको हो ।
खनाल अर्थतन्त्रबारे राम्रो ज्ञान भएका व्यक्ति हुन् । उनले लामो समय अर्थ मन्त्रालयमा बिताएका छन् । डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र भरतमोहन अधिकारी लगायत अन्य मन्त्रीहरुसँग काम गरिसकेका खनालले देशको अर्थ व्यवस्था राम्रोसँग बुझेका छन् ।
भरतमोहन अधिकारी मन्त्री हुँदा बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि उनले सचिवबाट राजीनामा दिएका थिए । उनी सेयर बजारबारे पनि राम्रो ज्ञान भएका व्यक्ति हुन् ।
यसअघि बनेका अर्थमन्त्रीहरुले सेयर बजारबारे साह्रै सकारात्मकता देखाए पनि बजारलाई खासै नबुझेका कारण सोचेजस्तो नतिजा आउन नसकेको लगानीकर्ताको भनाई छ । तर, खनाल अर्थतन्त्र मात्र होइन, सेयर बजारबारे पनि राम्रो ज्ञान भएका व्यक्ति भएको हुनाले अर्थमन्त्रीमा उनको नियुक्तिले सेयर लगानीकर्ताहरु पनि खुसी भएका छन् ।