Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारबारे शिवचन्द्रः ‘आइतबार सुरुमा चिप्लिएर जुरुक्कै उठ्छौँ भन्ने विश्वास छ’

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता शिवचन्द्रले आइतबार सेयर बजार जुरुक्कै उठ्नेमा विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । 

‘६% सर्किटको कारोबार अवधि, जम्मा जम्मी ५ मिनेटको कारोबार समयमा कारोबार रकम ७२ करोड ! आखिर किन्नेले पनि केही त सोचेकै होलान् । सायद आइतबार सुरुमा फेरी एकपटक चिप्लिएर जुरुक्क उठ्ने छौँ भन्ने विश्वास छ ।’, उनले लेखेका छन् ।

जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि बन्द भएको बजार बिहीबार खुलेको थियो । बजार खुलेकै दिन नेप्सेमा तीनपटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार स्थगित भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK