Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार लगातार थप चार दिन बन्द !

अर्थ सरोकार

काठमाडौँ। सेयर बजार लगातार थप चार दिन बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबार एक सूचना गर्दै आज र भोलि दुबै दिन बजार बन्द रहने जानकारी गराएको हो।

सेयर बजार शुक्रबार र शनिवार पनि बन्द हुने हुँदा नेप्से लगातार थप चार दिन बन्द हुने भएको छ।

हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ। सूचनासहित:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK