Skip to content
LAXMI SUNRISE BANK

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

अर्थ सरोकार

काठमाडौँ । सादगी जिन्दगी, मेहेनतको कमाईले इमानसँग बाँचेको मान्छे । निडर, र हक्की । काममा पक्का, नो दायाँबायाँ । जेनजीले खोजेको एउटा नेतृत्व, एउटी अभिभावक, आमाझैं बनेर देशलाई माया गर्ने मान्छे । हो, अहिले देशले त्यस्तै प्रधानमन्त्री पाएको छ । उनको स्वभाव जति सिधा छ, त्यस्तै सरल उनको दैनिकी छ, उनको व्यवहार छ ।

उनका श्रीमानका अनुसार उनी कहिल्यै पनि ब्युटी पार्लर गएको थाहा छैन । मेकअपमा फिटिक्कै रुची छैन । विवाहपछि गाजल, लगाएको याद छैन उनकै श्रीमानलाई पनि । यतिसम्मकि कपाल धेरै ठाउँमा उडेकै हुन्छ उनको । बाहिरी शृंगारमा रुची छैन ।

सुशिलाले आजसम्म रक्सी चाखेकी छैनन् । श्रीमान् रक्सी खान्थे, कि मलाई छोड कि रक्सी छोड भनेर गाली गरेपछि श्रीमानले पनि छोडिदिए । चुरोट, खैनी त छोएकी पनि छैनन् सुशिलाले

श्रीमती देशको प्रधानन्यायाधीश हुँदा पनि श्रीमान् दुर्गाले घर सम्हालेर बसे । अहिले श्रीमती प्रधानमन्त्री हुँदा पनि स्थिति त्यस्तै त्यस्तै छ । कतिले त श्रीमतीको चाकरी गरेर बसेको छ, श्रीमतीले थुनेर राखेको छ’ भनेर जिस्क्याउछन् पनि । तर सुशिलाका श्रीमानलाई यो सब सामान्य लाग्छ ।

सुशीला र श्रीमानको आजसम्म उपहार लेनदेन नै भएको छैन। फुरमासमा उनीहरुको रुची फिटिक्कै छैन । नसोधी बढी खर्च गर्दा उल्टै रिसाउँछिन् सुशिला । जन्मदिन, भ्यालेनटाइन डे, एनिभर्सरी केहि मनाएको याद छैन । आजकलचाहिं छोराले याद दिलाईदिन्छ

खाजा वा खाना खान रेष्टुरेन्ट गएर पैसा खर्च गर्ने बानी नै छैन सुशिलाको । बानी नै छैन ।

बिहान पाँच बजे नै उठ्छिन, पूजा गर्छिन् । कामको चाप हुँदा त ४ बजे नै उठेर पनि काम गर्छिन सुशिला । मोटोपनले गर्दा बेलुकी भात खान छोडेको धेरै भयो । विहान मर्निङ्ग वाक पनि गर्छिन्, तर सोचेजस्तो ज्यान घटेको छैन ।

भनसुनका अफरहरु कहिले काहीं आउँथे । सुशिलालाई सिधै भन्न आँट नगरे पनि श्रीमान् दुर्गालाई यसो गरिदिनुपर्यो भनेर कहिलेकाहीं फोन आउँथे । तर श्रीमान् दुर्गालाई श्रीमती सुशिलाको हक्की बानी थाहा छ । ‘मलाई श्रीमतीले नै इमानदारीताको कमाइ खुवाईरहनुभएको छ, मलाई भ्रष्ट नबनाउनुहोस्’ भनेर श्रीमानले पठाईदिन्थेसुशिला घुस नखाने, दायाँबायाँ नगर्ने, गलत नगर्ने भएकै कारण उनलाई भ्रष्ट नेताहरुको उक्साहटमा एकपटक महाअभियोग लगाउने तयारीसमेत गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK