काठमाडौँ । हक्की स्वभावकी आँटिली नारी अर्थात सुशिला कार्की अहिले देशको प्रधानमन्त्री छिन् । जेनजी पुस्ताले उनलाई ‘आमा’ बनेर देशलाई बचाउने जिम्मामा पुर्याएका छन् । उनै कार्की आज आँट भएकी पूर्व प्रधान न्यायाधीश, र धेरैको आशकी केन्द्र नेपालको पहिलो महिला प्रधानमन्त्री त बनेकी छिन् नै, उनको आन्तरिक पारिवारिक जीवनमा पनि उनी ‘प्रधान’ छिन् ।
गहना सोख छैन, लुगा साधारण
प्राय: धेरै महिलाहरुलाई गर गहनामा सोख हुन्छ । तर सुशिला यो मामलामा फरक छिन् । उनले खासै गहना लगाएको देखिदैन । सुनचाँदी किन्न उनले आजसम्म त्यति धेरै पैसा खर्च गरेकी छैनन् । विवाहको दिन आफ्ना लागि उनले आफैँले मंगलशुत्र किनेकी थिइन् । त्यो मंगलशूत्र राखेकी छिन्, तर आजकल लगाउँदिनन् ।
लुगा पनि साधारण लगाउँछिन् सुशिला । आफूलाई चाहिने लुगा आफैं किन्छिन् । अरु नेताजस्तो, उनलाई महँगा कपडा र ब्यागमा देखिंदैन ।
श्रीमानलाई घरखर्च दिन्छिन्
अहिले पनि घर चलाउन श्रीमानलाई उनी आफैं पैसा दिन्छिन् । २०७३ सालसम्म महिनाको १० हजार दिन्थिन्, अहिले केही बढेको छ । घरखर्च श्रीमानलाई दिएर बाँकी आफूले कमाएको पैसा आफैँ राख्छिन् । बैंक ब्यालेन्स खासै छैन, विराटनगरको जग्गा बेचेर एउटा घर बनाएकी छिन् । जीवनमा शान कमाइन्, मान कमाइन्, इज्जत कमाइन् । पैसा यस्तै यस्तै भयो ।
सुशिला आफूलाई नसोधी श्रीमानले धेरै खर्च गर्दा रिसाउँछिन् । पहिलादेखि नै सिमित पैसामा बाँच्ने बानी परेको छ । ठुलो खर्च सुशिला आफैं गर्छिन् । खर्चको विवरण टिपोट गर्छिन्। हुन पनि मेहेनतको धनको माया हुन्छ नि, उनलाई पनि त्यस्तै भएको होला । जीवनभर उनलाई कहिले गलत कमाईको दाग लागेन । सधैं न्यायमूर्ति बनेर काम गरिन् । सटिक बोलिन्, ठाडो बोलिन् । र पनि आमा, कठोर हुन कहाँ सक्छिन् र ? देशले अभिभावक खोजेको बेला उनले जेनजीको माग अनुसार देशलाई अभिभावकत्व दिइन् । अहिलेलाई शुभकामना भनौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्