×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको कारवाहीमा स्याङ्गे हाइड्रो, तीन दिन कारोबार रोक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेको कारवाहीमा स्याङ्गे हाइड्रो, तीन दिन कारोबार रोक्का

Artha Sarokar

१६ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अपर स्याङ्गे हाइड्रोपावरलाई कारबाही गरेको छ । वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो गरी पठाएको भन्दै नेप्सेले स्याङ्गे हाइड्रोपावरलाई कारवाही गरेको हो ।

कारवाहीस्वरुप नेप्सेले कम्पनीको सेयर कारोबार तीन दिन रोक्का गरेको छ । त्यस्तै, सोही तीन कार्यदिनभित्र चित्त बुझ्दो जवाफ पठाउन पनि नेप्सेले कम्पनीलाई निर्देशन दिएको छ ।

कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने एजेन्डासहित असोज ९ गते नवौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, सो जानकारी कम्पनीले भदौ १६ गते मात्र नेप्सेमा पठाएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार समयअघि नै पेश गर्नुपर्ने व्यवस्था छ । तर, कम्पनीले नियमको उल्लंघन गर्दै पाँच दिनपछि मात्र नेप्सेमा जानकारी पठाएपछि कारवाही गरिएको नेप्सेले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी