Skip to content
LAXMI SUNRISE BANK

‘बिहीबार बजार घट्नु अपेक्षित थियो, अब यस्तो घटाई देख्न पाइँदैन’- सुबासचन्द्र ढुंगाना

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक सुबाशचन्द्र ढुंगानाले बिहीबार सेयर बजारमा देखिएको घटोत्तरी स्वभाविक रहेको बताएका छन् । आन्दोलनका कारण बन्द भएको बजार खुलेपछि घट्छ भन्ने धेरैले अनुमान गरेको र धेरैले अनुमान गरेकै कारण बजार घटेको ढुंगानाको भनाई छ । 

अर्कोतर्फ बिहीबारको बजार घटोत्तरी आन्दोलनपछि बन्द भएको बजार ‘सब आफैँ ठिक हुन्छ’ भन्ने ठानेर बजार सुधारका लागि कुनै पहल नहुँदाको परिणामसमेत भएको ढुंगानाले बताएका छन् ।

‘बिहीबारको घटाई स्वभाविक नै थियो । यस्तो हुन्छ भन्ने धेरैको अनुमान थियो, धेरैको अनुमान भएकै कारण बजार घटेको हो ।’, उनले भने, ‘अर्कोतर्फ बजार जसरी बन्द गरियो त्यसकै परिणाम पनि हो ।’

बिहीबारको बजारमा रिटेलरले धेरै किनबेच नै गर्न नपाएको ढुंगानाको भनाई छ । ‘बजारमा रिटेलरले धेरै किनबेच नै गर्न पाएनन् । ठूला स्टक तत्कालै घटेर नेगेटिभ सर्किट लागेको देखिन्छ । तर अब यस्तै नेगेटिभ सर्किट देख्न पाइन्छ जस्तो मलाइ लाग्दैन । ’, उनले भने, ‘आजको बजारमा बिग मनिले रिटेलरको मनोविज्ञानसँग राम्रै खेलेको देखिन्छ ।’

त्यस्तै, बिहीबार बजारमा देखिएकोजस्तो घटाई अब देख्न नपाइने पनि ढुंगानाले बताएका छन् । उनले आगामी कारोबार दिनमा पहिलो चरणमा बजार घटे पनि पछि बजार फर्किने सम्भावना उच्च रहेको बताएका छन् । ‘मार्केट फर्किन्छ । आज बजार चान्स नै नपाएर घटेको हो । नेगेटिभ सर्किट नलागी तल्लो बिन्दुलाई रियाक्ट गरेर माथि बजार क्लोज हुन्छ, त्यस दिन नै बजार फर्किएको मान्न सकिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ढुंगानाले भने ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK