काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंककै कमजोरी कारण बैंकबाट मोटो रकम प्रदर्शनकारीले चोरेर भागेको खुलासा भएको छ । सामान्यतया भल्टमा सुरक्षितसँग राख्नुपर्ने रकम निकै असुरक्षित तरिकाले राख्दा पैसा चोर्नेहरुलाई सजिलो बनेको पाइएको हो ।
अन्य बैंकमा पनि प्रदर्शनकारीले आगो लगाएको भए पनि ती बैंकका भल्ट भने सुरक्षित छन् । आगो लागेका हिमालयन बैंक लगायतका बैंकहरुको भल्टको रकम सुरक्षित रहँदा राष्ट्रिय बाणिज्य बैंकको रकमभने बैंककै कमजोरीका कारण चोरी भएको पाइएको हो ।
बैंकको कमजोरीकै कारण ग्राहकले बैंकमा राखेको सुन पनि चोरी भएको पाइएको छ । सामान्यतया सुन लकरमै राख्ने गरिन्छ । तर राष्ट्रिय बाणिज्य बैंकले भने सो सुन अपनाउनुपर्ने सुरक्षाविना राखिएको पाइएको हो ।
पैसा असुरक्षित राख्ने काममा बैंक मेनेजरले लापरवाही गरेको भन्दै बैंकले ब्रान्च मेनेजरलाई आन्तरिक कारवाहीको तयारीसमेत गरेको बुझिएको छ ।
‘पैसा भल्टमा राख्नुपर्थ्यो । अरु कुरा जले पनि पैसा जल्दैनथियो ।’ राष्ट्रिय बाणिज्य बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘तर पैसा भल्टमा सुरक्षित नाराखेकै कारण चोरी भएको बुझ्न गाह्रो छैन । यो विषयमा बैंक नियमित खोल्नेबित्तिकै मेनेजरलाई कारवाही हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्