काठमाडौँ । सेयर गुरु सुबाशचन्द्र भट्टराईले बिहीबारको बजारमा नेगेटिभ सर्किट लगाएर कित्ता खोस्ने काम भएको बताएका छन् ।
‘२८ करोड रुपैयाँले ५ प्रतिशत बजार घट्यो, ४४ करोड रुपैयाँले एक प्रतिशत बजार घटायो । यसले अन्तिममा बजारमा कारोबार गर्न लगानीकर्ता आउँदै थिए भन्ने देखाउँछ ।’, उनले भने, ‘यसले बिहीबारको बजारमा नेगेटिभ सर्किट लगाएर कित्ता खोस्ने काम भयो ।’
भट्टराईले बिहीबार नेगेटिभ सर्किट लागेर बजार बन्द भए पनि आइतबार सुरुमा बजार घटेर पछि सम्हालिन सक्ने सम्भावना भएको बताएका छन् ।
तीनवटा पोजेटिभ सर्किट देखिए पनि तीनवटै नेगेटिभ सर्किट बजार बिरलै देखिने भट्टराईको भनाई छ । भट्टराईले जेनजी आन्दोलनका कारण भएको अन्यौताले गर्दा बिहीबार बजार घटेको बताएका छन् । तर, डराउनुपर्ने अवस्था नरहेको पनि बताएका छन् । ‘बजार घट्यो भनेर डराइहाल्नुपर्ने अवस्था छैन ।’, उनले भने, ‘सरकार बनेको छ, आशा गर्ने ठाउँ छन् ।
त्यस्तै, भट्टराईले आन्दोलनका कारण नेप्सेमा लिस्टेड भएका करिब ३० वटा कम्पनीमा मात्र क्षति भएको र उक्त क्षति पनि नगन्य मात्रामा रहेको हुँदा त्यसले बजारलाई धेरै असर नगर्ने बताएका छन् । आन्दोलनका कारण इन्स्योरेन्स र होटल सेक्टरमा बढी क्षति भए पनि यी क्षेत्र पनि बिस्तारै उठ्ने भट्टराईले बताएको छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्