Skip to content
LAXMI SUNRISE BANK

‘आइतबारदेखि बजार फर्किने सम्भावना छ’- बिमोददेव पन्त

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले आइतबारदेखि बजार फर्किने सम्भावना रहेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले बिहीबार नेगेटिभ सर्किट लागेर कारोबार नै स्थगित भए पनि आइतबारदेखि बजार फर्किने सम्भावना रहेको बताएका हुन् ।

‘बजार नेगेटिभ सर्किट लागेर बन्द भए पनि अन्तिममा विभिन्न कम्पनीहरुमा बाइङ्ग देखिएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले भने, ‘आइतबारदेखि बजार फर्किने सम्भावना देखिन्छ ।’

पन्तले बिहीबार जेनजी आन्दोलनको असर, राजनीतिक अस्थिरता, दशैँका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता लगायतका कारणले बजार घटेको बताएका छन् । तर, आइतबारदेखि बजार फर्किने सम्भावना उच्च रहेको पन्तले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK