×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकका दुई कर्मचारी जेल चलान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकका दुई कर्मचारी जेल चलान !

Artha Sarokar

१३ आश्विन २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बैंकको गोकुलेश्वर शाखाको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका बैंकका चार कर्मचारीमध्ये दुई जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

कारागार चलान हुनेहरुमा बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक (ब्रान्च मेनेजर) सागर शाही र सोही शाखामा नगद विभागमा कार्यरत निर्मला साउँद रहेका छन् ।

उनीहरुलाई उच्च अदालत (महेन्द्रनगर इजलास)ले दिएको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) बिक्रम बहादुर शाहीले बताएका छन् । 

‘अदालतको आदेश अनुसार नै दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘कारागार चलान हुनेमा ब्रान्च मेनेजर सागर साही र क्यासियर निर्मला साउँद छन् ।’

त्यस्तै, प्रहरी निरीक्षक शाहीका अनुसार पक्राउ परेका अन्य दुई जनालाई भने धरौटीमा छोडिएको छ । उनका अनुसार पक्राउ परेका धनन्जय पन्तलाई २५ लाख रुपैयाँ र अम्बादत्त पन्तलाई १० लाख रुपैयाँ धरौटीमा छोडिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी