काठमाडौँ । वाणिज्य बैंकहरले ब्याजदर थप घटाएका छन् । बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर थप घटाएका हुन् ।
२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर सूची अनुसार कात्तिक महिनामा बैंकहरुले असोजको तुलनामा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२७५५ प्रतिशत बिन्दुले घटेको छ ।
योसँगै असोजमा ५.३७६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ५.१००५ प्रतिशत कायम भएको छ । कात्तिकमा २० मध्ये १५ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
कात्तिकमा कृषि विकास बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिामा बैंक, नेपाल एसबिआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले ब्याजदर घटाएका छन् । बाँकी रहेका ५ वाणिज्य बैंक (नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ब्याजदर स्थिर राखेका छन् ।
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाह न्यून रहेपछि बैंकले ब्याजदर घटाएका हुन् । बैंकहरुमा तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि भन्दै तरलता खिच्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्