काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नामबाट बग्रेल्ती फेसबुक अकाउन्टहरु खोलिएको पाइएको छ ।
यसो त प्रधानमन्त्री कार्यालयले सूचना नै जारी गरेर प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक, इन्टाग्राम र एक्स अकाउन्टबारे जानकारी गराएको थियो । तर, त्यसपछि कार्कीको नाम र फोटो राखेर फेसबुक अकाउन्ट खोल्नेहरु ह्वात्तै बढेका छन् ।
कार्कीको नाम र फोटो राखेर यति धेरै नक्कली अकाउन्टहरु खोलिएका छन् कि सरकारका अर्थमन्त्री रामेश्वर खनालसमेत झुक्किएको पाइएको छ । उनले २८ हजार भन्दा बढी फलोअरसहित कार्कीकै नाम र फोटो राखिएको अकाउन्टलाई फलो गरेका थिए । जुन अकाउन्ट नै फेक थियो ।
उक्त फेक अकाउन्टमा प्रधानमन्त्रीसँग सम्बन्धित पोष्टहरु गरिएका छन् । धेरैले त्यसैलाई हेरेर उक्त पेजलाई फलो गरिरहेका छन् । जुन प्रधानमन्त्रीको नाम र फोटो दुरुपयोग गरेर खोलिएको फेक अकाउन्ट हो ।