×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारको उदाहरण दिँदै व्यवसायीले भने, ‘सुनको भाउ तोलाको २० हजार बढीले अझै घट्न सक्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजारको उदाहरण दिँदै व्यवसायीले भने, ‘सुनको भाउ तोलाको २० हजार बढीले अझै घट्न सक्छ’

Artha Sarokar

११ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो ।

गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । ‘सुनको भाउ धेरै नै बढिसकेको थियो । दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । अब भने सुनको भाउ घट्छ ।’ महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले भने ।

सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको उनले  बताए । उनले लगानीकर्ताहरु अहिले सुनमा भन्दा अन्यत्र डाइभर्ट भएकाले पनी सुनको भाउ घटेको बताए ।  उनले भने,’ अहिले मानिसहरु सुनबाट डाइभर्ट भएर सेयर मार्केटतर्फ आकर्षित भएको हामीले देखिरहेका छौँ । यसले केहि मात्रामा सुनको मूल्य घटाउन मद्दत गर्यो ।

उनका अनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।

बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई-चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी