×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न अदालतको आदेश

Artha Sarokar

१३ कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् ।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी