काठमाडौँ । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल (एसबान)ले लगानीकर्तालाई संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । एसबानले पूँजी बजारको भविष्य उज्ज्वल रहेको भन्दै लगानीकर्तालाई संयमित भएर लगानी गर्न आग्रह गरेको हो ।
हाल मुलुकमा देखिएको अन्योलपूर्ण अवस्थामा सेयर लगानीकर्ताको मनोबल पनि खस्किरहेको एसबानका अध्यक्ष सागर ढकालको भनाई छ ।
उनले अहिले नेप्से परिसूचक न्यूनतम बिन्दुमा झरिसकेको र सरकार लगायतका सरोकारवाला निकायले पनि पूँजी बजार सुधार र विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् । अर्कोतर्फ नयाँ सरकार गठनपछि बजार सुधार र विकासका लागि सुझाव समिति नै बनाएर सुझावहरु कार्यान्वयनको चरणमा रहेको पनि ढकालले बताएका छन् ।
हाल नेपाल राष्ट्र बैंकले समेत आवश्यक सुझाव कार्यान्वयन गरिरहेको र धितोपत्र बोर्डले पनि आफ्ना काम अघि बढाएकोले लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्