काठमाडौँ । पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले सरकारलाई गाडी फिर्ता गरेका छन् । उनले दशैँपछि बुधबार सरकारलाई गाडी फिर्ता गरेका हुन् ।
सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिइएको गाडी सुविधा खारेज गरेपछि उनले आफूले उपभोग गर्दै आएको गाडी सुविधा फिर्ता गरेका हुन् ।
यसो त सरकारले सापकोटालाई दशैँ अघि नै गाडी फिर्ता गर्न पत्राचार गरेको थियो । तर, सापकोटाले दशैँपछि फिर्ता गर्ने जानकारी गराएका थिए । सोही अनुसार सापकोटाले दशैँपछि सरकारलाई गाडी फिर्ता गरिदिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्