Skip to content
LAXMI SUNRISE BANK

दशैँ मानेर पूर्वसभामुख सापकोटाले सरकारलाई फिर्ता गरे गाडी

अर्थ सरोकार

काठमाडौँ । पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले सरकारलाई गाडी फिर्ता गरेका छन् । उनले दशैँपछि बुधबार सरकारलाई गाडी फिर्ता गरेका हुन् ।

सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिइएको गाडी सुविधा खारेज गरेपछि उनले आफूले उपभोग गर्दै आएको गाडी सुविधा फिर्ता गरेका हुन् । 

यसो त सरकारले सापकोटालाई दशैँ अघि नै गाडी फिर्ता गर्न पत्राचार गरेको थियो । तर, सापकोटाले दशैँपछि फिर्ता गर्ने जानकारी गराएका थिए । सोही अनुसार सापकोटाले दशैँपछि सरकारलाई गाडी फिर्ता गरिदिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK