काठमाडौँ । धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्ताले माग पूरा नहुन्जेल घर नफर्किने अडान लिएका छन् । आइतबार सेयर बजार सुधार्नुपर्ने विभिन्न माग राख्दै बोर्ड पुगेका लगानीकर्ताले आफ्ना मागहरु पूरा नहुन्जेल घर नफर्किने अडान लिएका हुन् ।
धितोपत्र बोर्ड अध्यक्षसँगको वार्ताका क्रममा लगानीकर्ताहरुले लगानीकर्ताका माग यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन् ।
सेयर बजारमा लगानीकर्ताको मनोबल घटिरहेका बेला र बजार थप घटेका बेला बजार सुधारका लागि आफूहरुले राखेका माग सम्बोधन गर्न लगानीकर्ताले बोर्ड अध्यक्षलाई आग्रह गरेका थिए । वार्ताकै क्रममा उनीहरुले माग पूरा नभए आफूहरु पनि घर नफर्किने र अध्यक्षलाई समेत जान नदिने चेतावनी दिएका छन् ।
यस्ता छन् लगानीकर्ताले बोर्डसमक्ष राखेका विभिन्न ११ मागहरुः
१. आइपिओ र हकप्रद स्वीकृति दिने कार्य कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्ने ।
२. संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने ।
३. एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने ।
४. सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने ।
६. असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने ।
७. ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने ।
८. बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत हैन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्ने ।
९. कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशत सम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्ने ।
१०. लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्ने ।
११. अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने ।