×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः सफा भयो काठमाडौँको मौसम, सरकारी तदारुकताको चौतर्फी प्रशंसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्ततः सफा भयो काठमाडौँको मौसम, सरकारी तदारुकताको चौतर्फी प्रशंसा

Artha Sarokar

१९ आश्विन २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगातारको भारी वर्षापछि आइतबार काठमाडौँको मौसम खुलेको छ । शुक्रबार रातिदेखि परेको निरन्तर झरी रोकिएपछि आइतबार काठमाडौँ उपत्यकाको मौसम खुलेको हो ।

योसँगै काठमाडौँ लगायत आसपासका ‘रेड अलर्ट’मा परेका जिल्लाहरु पनि ‘रेड अलर्ट’बाट हटेका छन् । हाल काठमाडौँसहित बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जोखिम कम हुँदै गएको छ । 

आज दिनभर कोशी प्रदेशमा भने जोखिम कायमै रहनेछ । इलाम, झापा, सुनसरी ‘रेड अलर्ट’मा परेका छन् । यद्यपि यी जिल्ला पनि सोमबार बिहानसम्म ‘रेड अलर्ट’बाट हट्ने पूर्वानुमान गरिएको छ । 

जोखिम रहेका क्षेत्रमा सरकारले सम्बन्धित निकायलाई उद्दार तथा राहतका लागि तैनाथ रहन निर्देशन दिएको छ भने अन्य प्रदेश तथा जिल्लाहरुमा अवस्थामा सामान्य बन्दै गएको छ ।

जोखिमको पूर्वानुमान हुनासाथ अन्तरिम सरकारले देखाएको तदारुकताको चौतर्फी प्रशंसा भइरहेको छ । हाल नागरिकहरुले अहिलेको सरकारले देखाएको तदारुकताकै कारण विगतमा जस्तो ठूलो क्षति ब्यहोर्नु नपरेको भन्दै सरकारलाई धन्यवाद दिइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी