काठमाडौँ । लामो दूरीका गाडीहरु आज पनि नचल्ने भएका छन् । सडकको अवस्था अझै पनि सामान्य भइनसकेकाले आज पनि काठमाडौँदेखि लामो दूरीका गाडीलाई उपत्यका छोड्न रोक लगाइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार टिकट बुकिङ पनि रोकिएको छ ।
भारी वर्षाका कारण विभिन्न ठाउँमा सडक बिग्रिएको र पहिरोको जोखिम पनि रहेकाले शनिबारदेखि रोकिएका गाडीहरुलाई आज पनि काठमाडौँबाट बाहिरिन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, टिकट लिइसकेका यात्रुलाई भने पैसा फिर्ता गरिएको छ । सडकको अवस्थामा सामान्य भएपछि मात्र टिकट बुकिङ सुरु गर्न पनि यातायात व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्