×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महेश बस्नेतको प्रष्टिकरणः ‘मेरो अभिव्यक्ति महावीर पुन लक्षित होइनन्, उहाँ जतिको वैज्ञानिकलाई म सम्मान गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महेश बस्नेतको प्रष्टिकरणः ‘मेरो अभिव्यक्ति महावीर पुन लक्षित होइनन्, उहाँ जतिको वैज्ञानिकलाई म सम्मान गर्छु’

Artha Sarokar

३१ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एमाले नेता महेश बस्नेतले आफ्नो अभिव्यक्ति महावीर पुन लक्षित नरहेको प्रष्टिकरण दिएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले यस्तो बताएका हुन् 

शिक्षामन्त्री पुनले महेश बस्नेतको अभिव्यक्तिमा कटाक्ष गर्दै ‘मेरो घर र गार्ड कहाँ छ ? देखाउ’ भन्दै प्रश्न गरेपछि बस्नेतले पुनले सेयर गरेको भिडियोमा आफ्नो अभिव्यक्ति पुन लक्षित नभएको बताएका हुन् । उनले सो अभिव्यक्ति अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गरेर भनेको पनि बताएका छन् ।

त्यस्तै, बस्नेतले पुनलाई सोझो मगरको संघ्या दिँदै उनले आफ्नो अभिव्यक्तिले को लक्षित थियो ? भन्ने नबुझेको बताएका छन् । ‘मेरो अभिव्यक्ति महावीर पुन लक्षित थिएनन् । रामेश्वर खनाल र कुलमान घिसिङलक्षित थियो ।’, उनले भने, ‘महावीर पुन जतिको वैज्ञानिकलाई म सम्मान गर्छु ।’

पुनले सेयर गरेको भिडियोमा बस्नेतले मन्त्रीहरुले गार्ड, गाडी र क्वाटर चाहिँदैन भन्नुको अर्थ उनीहरुसँग मन्त्रीको जतिकै घर, गाडी र सुरक्षाकर्मी छ भन्ने पुष्टि हुने बताएका थिए । सो भिडियो सेयर गर्दै पुनले बस्नेतलाई हावामा कुरा नगर्न भनेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी