काठमाडौँ । नेपालबाट दैनिक औसतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत भएर बढी भएको विद्युत दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको जनाएको हो ।
प्राधिकरणका अनुसार यसरी भएको विद्युत निर्यातबाट चालु आर्थिक वर्षको साउनदेखि हालसम्म (तीन महिना) मा करिब १५ अर्ब रुपैयाँ आम्दानी भएको छ ।
नेपालले भारत हुँदै बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत निर्यात गर्दै आइरहेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुन्छ भने बंगलादेशसँगको विद्युत व्यापार अमेरिकी डरलमा हुन्छ ।
विद्युत प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।