×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरका लागि भाडामा घर खोज्दै नेपाल राष्ट्र बैंक, थपियो आवेदन दिने म्याद, कस्तो हुनुपर्छ घर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नरका लागि भाडामा घर खोज्दै नेपाल राष्ट्र बैंक, थपियो आवेदन दिने म्याद, कस्तो हुनुपर्छ घर ?

Artha Sarokar

२८ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गभर्नरका लागि भाडामा घर लिन लागिएको आवाससम्बन्धी प्रस्तावमा आवेदन दिने म्याद थपेको छ । गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा घर लिन सार्वजनिक सूचना नै प्रकाशित गर्दै आवेदन मागेको राष्ट्र बैंकले आवेदन दिने म्याद कात्तिक १६ गतेसम्म थप गरेको हो ।

राष्ट्र बैंकले गभर्नरका लागि भाडामा घर लिन असोज १२ गते नै सूचना प्रकाशित गरेको थियो । सुरुमा आवेदन दिने म्याद असोज २७ गतेसम्म तोकिएको थियो ।

हाल भने राष्ट्र बैंकले सो म्याद थप गरेर कात्तिक १६ गतेसम्म पुर्याएको छ । राष्ट्र बैंकको सूचना अनुसार ललितपुरको बखुन्डोलदेखि भैँसेपाटी क्षेत्रभित्र पर्ने १६ देखि २४ आना जग्गामा बनेको आरसीसी संरचनायुक्त घर भाडामा लिन खोजिएको छ ।

उक्त घरमा कम्तीमा १ हजार वर्गफुट क्षेत्रफल, एउटा मास्टर बेडरुमसहित चार वटा बेडरुम, लिभिङ रुम, डाइनिङ हल, किचन, स्टोररुमसूरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने सूचनामा उल्लेख छ । 

त्यस्तै, भाडामा लिन लागिएको घरमा कम्तीमा ६ वटा सवारीसाधन पार्किङ गर्न मिल्ने व्यवस्था, सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग सम्पर्क, बिजुली, ढल निकास र खानेपानीको सुविधा अनिवार्य हुनुपर्ने पनि सूचनामा उल्लेख छ । जेन-जी आन्दोलनका क्रममा पौडेलको चितवन र भैँसेपाटीस्थित निवासमा आगजनी गरिएपछि उनको लागि घर भाडामा लिन लागिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी