काठमाडौँ । दशैँ बिदापछिको पहिलो कारोबारको दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२६ कम्पनीको एक करोड ३ लाख ४५ हजार ९ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख बराबरको कारोबार भएको छ । मंगलबारको बजारमा सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।