काठमाडौँ । भारी वर्षाका कारण भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको छ । लगातारको भारी वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याउन लागिएको हो ।
चार्टर विमानमार्फत आकस्मिक रुपमा काठमाडौँ पुग्नैपर्ने यात्रुलाई नेपाल एयरलाइन्सको विमान चार्टर गरेर ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार खासगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका लागि हिँडेका तर अलपत्र परेका यात्रुहरुलाई चार्टर विमानमार्फत काठमाडौँ लागिएको हो । आइतबार साँझ १ सय ५८ जना यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइनेछ ।
काठमाडौँबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्नेछ र सोही विमानमा अलपत्र परेका र आकस्मिक रुपमा काठमाडौँ पुग्नैपर्ने यात्रुलाई काठमाडौँ ल्याइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्