काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राइड सेयरिङ गर्ने राइडरलाई चर्को भाडा नलिन आग्रह गरेको छ ।
दशैँ, तिहार, छठ तथा भारी वर्षाको मौका छोपेर यात्रुसँग चर्को भाडा असुली नगर्न पठाओ, इन्ड्राइभ तथा याङ्गो लगायतका राइड सेयरिङ एप चलाउने चालकलाई प्रशासनले आग्रह गरेको हो ।
यो परिस्थितिमा राइडरले यात्रुसँग चर्को भाडा असुली गरेर ठगी गरिरहेको भन्ने गुनासो आएपछि यस्तो आग्रह गरिएको प्रशासनले जनाएको छ । गुनासोपछि प्रशासनले सूचना नै जारी गरेर राइडरलाई तोकिएको भन्दा बढी मूल्य असुल गरेर ठगी नगर्न आग्रह गरेको हो ।
यसका बावजुत पनि कसैले चर्को शुल्क असुली गरेको पाइए कडा कारवाही गरिने प्रशासनले जनाएको छ । साथै प्रशासनले कसैले त्यस्तो गरेको पाइए प्रमाणसहित सूचना दिन पनि आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्