Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारवाहीमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य घट्यो

अर्थ सरोकार

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकको कारवाहीमा परेको बैंकको सेयर मूल्य ३.९० अंकले घटेको हो ।

बिहीबार बैंकको सेयर मूल्य ३.९० अंकले घटेर ८१९ रुपैयाँ कायम भएको छ । बुधबार सप्तकोशीको सेयर मूल्य ८२२ रुपैयाँ थियो ।

स्थलगत निरीक्षणका क्रममा बैंकको पूँजी कोष तोकिएको न्यूनतम सीमाभन्दा २४.९ प्रतिशतले कम भएको पाइएपछि राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

यो कारवाही खुला नभएसम्म अब बैंकले नगद लाभांश बाँड्न, नयाँ शाखा खोल्न, सञ्चालक तथा उच्च व्यवस्थापनको तलब-भत्ता वृद्धि गर्न पाउने छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK