काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु १४ दिनदेखि आन्दोलनमा छन् । सबै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीहरु अहिले पनि आन्दोलनमै छन् ।
आन्दोलनकै कारण बोर्डका दैनिक प्रशासनिक कामहरु सबै प्रभावित भएका छन् ।
कर्मचारीहरुको आन्दोलनमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषको नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल रि-स्वतन्त्र कर्मचारी युनियन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले ऐक्यबद्धता जनाएका छन् ।
तत्कालीन राजस्व सचिव दिनेश कुमार घिमिरेले बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सो पत्र फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।