काठमाडौँ । सेयर लगानीकर्ता आन्दोलनमा उत्रिने भएका छन् । सेयर बजार सुधार, विस्तार र आधुनिकीकरणको माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिने भएका हुन् ।
सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा आन्दोलनको घोषणा भएको छ । उनीहरुले कार्तिक १४ गते नियामक नेपाल धितोपत्र बोर्ड पुगेर २८ बुँदे ज्ञापनपत्र बुझाउने र प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
गैरआवासीय नेपालीलाई समान कर प्रणालीसहित दोस्रो बजारमा स्वतन्त्र प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने, बजार सुधारको कार्य गर्न नसके बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिनुपर्ने, सेयर बिक्रीपछि ब्रोकरले ढिलो भुक्तानी दिए ब्याज दावी गर्न पाउनु पर्ने, बैंकहरूले कुल कर्जाको २० प्रतिशतसम्म सेयर धितो कर्जा दिन पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै, ब्रोकर कमिशनमा ५० प्रतिशत कटौती गरी अन्य शुल्क हटाउनुपर्ने, छोटो अवधिका लगानीमा ५ प्रतिशत र दीर्घकालीन लगानीमा शून्य प्रतिशत पूँजीगत कर कायम राख्नुपर्ने, . बजारमा सर्किट ब्रेकर १० प्रतिशत वृद्धि र ५ प्रतिशत घट्दासमेत लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।
लगानीकर्ताले तिहार अघि धितोपत्र बोर्ड पुगेर आन्दोलन समेत गरेका थिए । आफुहरुले राखेका माग पुरा नभए कडा आन्दोलन गर्ने उनीहरुले चतावनी समेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्