काठमाडौँ । सेयर विश्लेषक मनिष अर्यालले छठपछि बजार बढ्ने बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘तथ्य र तर्क’मा कुराकानी गर्दै अर्यालले यस्तो बताएका हुन् ।
अहिले नेपालको सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटिरहेका बेला लगानीकर्ताको मनोबल घट्दा बजार बढ्न नसकेको अर्यालको भनाई छ । तर, यही बेला स्मार्ट मनिले भने सेयर किनिरहेको अर्यालले बताएका छन् ।
‘अहिले बजारमा लगानीकर्ताहरु डराएको अवस्था छ । बजार बढ्न थालेपछी लगानी गरौँला भनेर बसेका छन् ।’, उनले भने, ‘तर खासमा यो लगानी गर्ने समय हो । स्मार्ट मनिले अहिले सेयर किनिरहेको छ । छठपछि बजार बढ्छ । जब बजार १०० पोइन्ट बढ्छ, तब मात्र लगानीकर्ताको मनोबल बढ्छ । छठपछि बजार बढ्नेमा म ढुक्क छु ।’
त्यस्तै, उनले अहिले नीतिगत रुपमा गरिएका परिवर्तनको प्रभाव बजारले छठपछि देखाउने दाबी गरेका छन् । उनले अहिले बजारलाई जेन-जी आन्दोलन र फेस्टिभ मुडले बजार ड्राई देखिए पनि छठपछि बजार बढ्ने बताएका छन् । अर्यालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्