Skip to content
LAXMI SUNRISE BANK

स्टार्टअप कर्जा कार्यविधिः ३ प्रतिशत ब्याजदरमै २० लाखसम्म ऋण !

अर्थ सरोकार

काठमाडौँ । स्टार्टअप उद्यमीले ३ प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । सरकारले ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०८२’ मार्फत यस्तो व्यवस्था गरेको हो ।

सरकारले ल्याएको उक्त कार्यविधिमा स्टार्टअप उद्यमीले बिना धितो ३ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरिएको छ ।

तर, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भने विगतमा वितरण हुँदै आएको २५ लाखसम्म सीमा कायम राख्न माग गर्दै आएको छ । स्टार्टअप कर्जाका लागि सरकारले चालु आर्थिक वर्षमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आवश्यकता अनुसार यो रकम घटबढ हुन सक्ने बताइएको छ । गत आर्थिक वर्षमा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ८८ करोड ६६ रुपैयाँ कर्जा मात्र प्रवाह भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK