×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भौतिक पूर्वाधार पुनर्निर्माण गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले सरकारलाई दियो डेढ करोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भौतिक पूर्वाधार पुनर्निर्माण गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले सरकारलाई दियो डेढ करोड

Artha Sarokar

२१ आश्विन २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो । 

सहयोगबापतको रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई मंगलबार हस्तान्तरण गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा तोडफोड र आगजनी गरिएको थियो । तोडफोड र आगजनीबाट भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको थियो । सोही संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको थियो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले सोही कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी