काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएकी छिन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयमा मन्त्री, सचिव, संगटग्रस्ट सहकारी समस्या समाधान आयोग, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरुबीच भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सहकारी ठगेर हिँड्नेलाई कुनै हालतमा छोड्न नहुने बताएकी हुन् ।
उनले सहकारी ठगलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छलफलमा सहकारीमा एक अधिकारीले बताएका छन् । उनले अहिलेको सरकारले सहकारी समस्या समाधान नगरे अरु कसैले नगर्ने पनि बताएकी थिइन् ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले सहकारी ठगलाई कारवाही गर्न र सहकारी समस्या समाधान गर्न हाल विद्यमान कानून बाधक बने कानून संशोधन गरेर भए पनि सुधार र कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् । उनले घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता गर्नुपर्ने बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्