×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय 

Artha Sarokar

२४ आश्विन २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुनः परीक्षा गर्ने निर्णय गरेको छ । जेन-जी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेपछि उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने त्रिविले निर्णय गरेको हो ।

जेन-जी आन्दोलनका क्रममा तीनवटा परीक्षा केन्द्रमा ५ सय ५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको थियो ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार स्नातक तह दोस्रो वर्ष (४ वर्षे) को व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायतर्फको परीक्षाको उत्तरपुस्तिका जलेर नष्ट भएका छन् । सुरक्षाका लागि भन्दै प्रहरी चौकीमा राखिएको उत्तरपुस्तिका चौकीमा आगजनी हुँदा जलेका थिए ।

आन्दोलनमा उत्तरपुस्तिका जलेपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले सो परीक्षा रद्द गरी पुनः परीक्षा गर्ने निर्णय गरेको हो । योसँगै उत्तरपुस्तिका जलेका केन्द्रहरुमा पुनः परीक्षा हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी