×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिआईबीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकका मिसिल कसले, किन, कसरी जलायो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिआईबीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकका मिसिल कसले, किन, कसरी जलायो ?

Artha Sarokar

३० आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेको कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणका फाइल जलेको पाइएको छ । जेन-जी आन्दोलनका क्रममा लाजिम्पाटस्थित सीआईबीको कार्यालयमा तोडफोड र आगजनी हुँदा भुइँतलामा राखिएको बैंक घोटाला प्रकरणको ९ सय पृष्ठको फाइल जलाइएको पाइएको हो ।

सो दिन प्रदर्शनकारीले भुइँतलामा राखिएका मिसिलहरु सडकमा लगेर जलाउने क्रममा कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणको फाइल पनि जलेको सीआईबीका एक अधिकारीले पुष्टि गरेको छ । 

ती अधिकारीका अनुसार फाइल निकालेर जलाइएको सीसीटिभी फुटेजमा देखिन्छ । फुटेजमा बयान भएको ९ सय पृष्ठको कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणको फाइल पनि झिकेर लग्नुका साथै कागजहरु जलाइएको देखिएको स्रोतले बताएको छ ।

सीआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा दुई महिनाअघि नै अनुसन्धान सकेर ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहितको प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालय, बाँकेमा बुझाइसकेको थियो । 

सोही प्रकरणमा सीआईबीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रवीर राय, तत्कालीन प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी, तत्कालीन सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र र भुवन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरूसहित १ सय ७ जनालाई प्रतिवादी बनाएर बैंकिङ कसुरको मुद्दा दायर गरिएको थियो ।

पक्राउ परेका मिश्र एमालेका केन्द्रीय सदस्यसमेत हुन् । २०७४ सालमा बाँके-२ बाट प्रतिनिधि सभाको चुनाव लडेका मिश्र पराजित भएका थिए । त्यस्तै, पक्राउ परेका राय पनि सुरुमा राप्रपामा आबद्ध थिए भने २०७९ सालमा एमाले प्रवेश गरेका थिए । सल्यानमा एमालेबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका उनी हारेपछि फेरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । पछि फेरि उनी माओवादी प्रवेश गरेका थिए ।

यसरी कर्णाली डेभलपमेन्ट घोटाला प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको राम्रै राजनीतिक कनेक्सन हुँदा आन्दोनलका नाममा कतै उनीहरुकै कार्यकर्ताले मिसिल त जलाएनन् ? भन्ने शंका गरिएको छ । यद्यपि त्यसतर्फ पनि अनुसन्धान भइरहेको सीआईबीका अधिकारीहरुले बताएका छन् । ‘अहिले सीसीटिभी फुटेजमा देखिएको हुलियाका आधारमा मान्छे खोज्दैछौँ ।’, सीआईबीका एक अधिकारीले भने, ‘मिसिल कसले ? र किन जलायो ? भन्नेतर्फ पनि अनुसन्धान हुँदैछ ।’

जेन-जी आन्दोलनका क्रममा बैंक घोटाला प्रकरणको फाइलसँगै तीनवटा सिपियुमासमेत क्षति पुगेको सीआईबीका अधिकारीले बताएका छन् । बैंकलाई नेपाल राष्ट्र बैंकले गत पुष १० गते समस्याग्रस्त घोषणा गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी