काठमाडौँ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । उनलाई कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीइओमा नियुक्त गरेको हो ।
अहिलेका सीइओ निश्चल राज पाण्डेको कार्यक्षमतामाथि प्रश्न उठाएर संचालकलाई नभएको कुरा लगाएको भन्दै विवादको विषय बनेका उनलाई अन्तत: बैंकको जिम्मेवारी दिईएको छ ।
अलि पछि हुँदा ‘के हो के हो’ भन्दै उनले छिट्टै आफुलाई सीइओ नियुक्त गर्न बैंकको संचालक समितिलाई प्रेसर दिएका थिए । निश्चल राज पाण्डेको कार्यकाल माघ ११ गते सकिंदैछ । त्यसपछि माघ १२ गतेबाट उनको कार्यकाल सुरु हुनेछ ।
उनको कार्यकाल ४ बर्ष नै भनिए पनि उनले कार्यकाल पूरा गर्ने विषयमा भने शंका रहेको संचालक समितिका केहि सदस्यहरुकै दाबी छ । ‘अध्यक्षज्यूको प्रेसरले उहाँलाई सीइओ नियुक्त गरियो । उहाँ सर्वमान्य पात्र भने हुनुहुन्नथ्यो ।’ बैंकका एक संचालकले अर्थ सरोकारसँग भने, ‘उहाँको काम भनेको अध्यक्षको मात्र राम्रो हुनेगरी काम गर्ने र निश्चलजीको कुरा लगाउनेजस्तो मात्र थियो ।’
यता पवन आचार्यलाई यस विषयमा धारणा लिन खोज्दा उनी सम्पर्कमै आएका छैनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्