Skip to content
LAXMI SUNRISE BANK

चुनावमा गर्ने खर्चका लागि उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचनमा गर्ने खर्चका लागि उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था राखिएको हो । 

आचारसंहितामा उल्लेख गरिएको निर्वाचन खर्च सम्बन्धी आचरणमा चुनावमा खर्च गर्न उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने उल्लेख छ । 

निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन) मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंकिङ वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातबाट गर्नुपर्नेछ ।’

त्यस्तै, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ । यसले निर्वाचनमा हुने खर्च पारदर्शी हुनुका साथै निर्वाचनमा हुने अत्याधिक खर्च नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK