×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिजुलीको बक्यौता विवादः कुलमानको अडानपछि चार उद्योगले तिरे महसुल, ‘अरुलाई पनि नतिरी सुखै छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिजुलीको बक्यौता विवादः कुलमानको अडानपछि चार उद्योगले तिरे महसुल, ‘अरुलाई पनि नतिरी सुखै छैन’

Artha Sarokar

१८ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले  प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।

ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताएका छन् ।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।

अन्य उद्योगहरु पनि महसुल तिर्ने तयारीमा रहेको बुझिएको छ । महसुल नतिरेसम्म उद्योगमा काटिएको लाइन नजोडिने भएपछि उद्योगीहरुले पहिलो किस्ता बापतको रकम तिर्न तयार भएका थिए । यता उर्जामन्त्री कुलमान घिसिङले पनि उद्योगहरुले प्रयोग गरेको बिजुलीको बक्यौता तिर्नैपर्ने, नतिरी सुखै नहुने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी