×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः उद्योगी बक्यौताको पहिलो किस्ता तिर्न तयार, अहिले तिर्ने, अर्को सरकार आएपछि निहुँ खोजेर समायोजन खोज्ने रणनीति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्ततः उद्योगी बक्यौताको पहिलो किस्ता तिर्न तयार, अहिले तिर्ने, अर्को सरकार आएपछि निहुँ खोजेर समायोजन खोज्ने रणनीति !

Artha Sarokar

१७ कार्तिक २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिजुलीको बक्यौता विवादमा कुलमानले अडान नछोडेपछि अन्ततः उद्योगीहरु पहिलो किस्ता तिर्न तयार भएका छन् । सोमबार प्रधानमन्त्री, मन्त्री तथा उद्योगीहरुबीच भएको वार्तामा उर्जामन्त्री कुलमान आफ्नो अडानबाट पछि नहटेपछि उद्योगीहरु बक्यौताबापतको पहिलो किस्ता तिर्न तयार भएका हुन् ।

यसो त उद्योगीहरुले सुरुमा धरौटीको रुपमा पहिलो किस्ता बराबरको रकम प्राधिकरणमा बुझाउने र उद्योगहरुमा काटिएको लाइन जोड्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर, उद्योगीहरुको प्रस्तावमा कुलमानले असन्तुष्टि जनाएका थिए । कुलमान आफ्नो अडानबाट पछि हट्ने स्थिति नदेखेपछि अन्ततः उद्योगीहरुले बक्यौताबापतको पहिलो किस्ता तिर्न सहमत भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

योसँगै अब उद्योगीहरुले प्राधिकरणमा धरौटी नभएर पहिलो किस्ता तिर्नेछन् । पहिलो किस्ताबापतको रकम उद्योगीहरुले तिरेपछि प्राधिकरणले उद्योगहरुमा लाइन जोड्नेछ । 

यद्यपि उद्योगीहरुले बुझाउने रकम धरौटी हो वा पहिलो किस्ता भन्ने विषय पछि सम्बन्धित निकायले व्याख्या गर्ने सहमति समेत भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तर, उद्योगीहरु भने अहिले पहिलो किस्ता तिर्ने, उद्योगमा लाइन जोड्ने र अर्को सरकार आएपछि निहुँ खोजेर अहिले तिरेको पहिलो किस्ताको रकम समायोजन गर्ने रणनीतिमा देखिन्छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी