Skip to content
LAXMI SUNRISE BANK

नेप्से पुनर्संरचनाबारे अध्ययन गर्न सरकारद्वारा समिति गठन, अध्ययन गर्न ५० दिनको समय

अर्थ सरोकार

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनाका लागि अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले लेखामान बोर्डका  पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो । 

सरकारले गठन गरेको उक्त समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् । अन्य सदस्यहरुको नाम भने खुलाइएको छैन ।

उक्त अध्ययन समितिलाई नेप्सेको पुनर्संरचनाबारे अध्ययन गर्न ५० दिनको समय दिइएको छ । समितिले ५० दिनभित्र अध्ययन अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा सरकारले नेप्सेको पुनर्संरचना गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ ।

यसो त नेप्सेको पुनर्संरचनाको चर्चा चलेको यो पहिलो पटक होइन । यतिसम्म कि सरकारले नेप्से पुनर्संरचनाको विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरेको थियो । 

तर, सरकारले नेप्से पुनर्संरचनाका लागि भन्दै अध्ययन समिति नै गठन गरेको भने यो पहिलोपटक हो । यही कारण पनि यसपालि नेप्सेको पुनर्संरचना हुने अपेक्षा धेरैको छ । यद्यपि अध्ययन समितिको प्रतिवेदनको निष्कर्ष के हुन्छ ? भन्ने विषयले ठूलो भूमिका खेल्ने जानकारहरु बताउँछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK