काठमाडौँ । नेकपा एमालेका कार्यकर्ता भएकै कारण राष्ट्रिय बाणिज्य बैंकमा गैरकानुनी रुपमा संचालक बनेका हरि कुमार सिलवाल अझै बैंकमा संचालक रहेको पाइएको छ । बैंकका ऋणी हुँदाहुँदै बैंकको संचालक बनेका उनी जेनजी विद्रोहपछि पनि ‘एमालेलाई कसले के गर्न सक्छ र ?’ भन्ने शैलीमा बैंकमा बसिरहेका छन् ।
यौन दुर्व्यवहारमा दोषी ठहर भएका व्यक्ति नै अध्यक्ष भएका कारण बैंकका अध्यक्ष देव कुमार ढकालले पनि उनलाई केहि भन्न सकेका छैनन् ।
यता अर्थ मन्त्रालयका अधिकारीहरु भने सिलवाल महावीर पुन निकट भएकाले केहि गर्न नसकिएको बताउँछन् । ‘राष्ट्रिय आविष्कार केन्द्रमा सिलवालजी स्वयम् संचालक हुनुहुन्छ । उहाँको नियुक्ति त्यतिबेला पनि एमालेको जोडबलमै भएको हो ।’ मन्त्रालयका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘महाबीरकै संस्थामा संचालक भएका व्यक्ति हुनाले उनी गैरकानुनी रुपमै बैंकमै रहे पनि उनलाई केहि गर्न सक्ने अवस्था छैन ।’
उनका अनुसार अव उनीविरुद्ध मुद्धा परे, वा अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेको अवस्थामा वा अर्को पटक एमालेको सरकार नआई, सो सरकारमा महाबीर पनि नभएको खण्डमा मात्र सिलवालले पद छाड्नेछन् । सिलवाल देशमा एमाले रहुन्जेल आफुलाई कुनै पनि कानुन नलाग्ने दाबी गर्दै पद छोड्न तयार नभएको ती अधिकारीको तर्क छ ।
सिलवाल संचालक भएलगत्तै उनले बैंकको आन्तरिक काममा पनि हस्तक्षेप गर्न थालेका छन् । यतिसम्मकि पूरा भईसकेको कामको भुक्तानी रोक्नसमेत उनले आदेश दिएको र यसले काममा निकै अफ्ट्यारो परिरहेको बाणिज्य बैंकका कर्मचारीहरु बताउँछन् । उनी संचालक भएलगत्तै उनले व्यापार प्रबर्द्धनमा सकीईसकेका केहि कामको भुक्तानीसमेत रोक्न लगाएका छन् ।
बैंकले दिने ऋण र केहि ठुला फाइलहरुका विषयमा उनले अनावश्यक चासो दिने, ती ऋणीहरुका फोन नम्बर माग्ने लगायतका काम सिलवालले गरिरहेको दाबी बैंकका अन्य संचालकहरुको पनि छ ।
यता सिलवाल भने बैंकका विषयमा बैंकमै बुझ्न आग्रह गर्छन् । ‘बैंकको सूचना मैले भन्दा पनि बैंकले नै दिन्छ ।’ उनले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्