काठमाडौँ । शिक्षा मन्त्री महाविर पुनले मतदाता नामावली (भोटर लिस्ट)मा नाम दर्ता गराएका छन् । उनले सामाजिक सञ्जाल मार्फत पहिलो पटक नयाँ बानेश्वरमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालबाटै जेन-जी पुस्तालाई मतदाता नामावलीमा नाम दर्ता गर्न पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्- ‘१८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।’
त्यस्तै, उनले अब आउने सरकार जेन-जी पुस्ताको बन्नुपर्ने भन्दै बुढो पुस्ताले देश बनाउने नसक्ने पनि दाबी गरेका छन् । ‘भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन ।’, उनले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्