Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ११.२९ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा दरमखोला हाइड्रोइनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK