काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा माबिलुङ्ग इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।













