×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले आधार दरमै सेयर कर्जा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकले आधार दरमै सेयर कर्जा दिने

Artha Sarokar

४ मंसिर २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले आधार दर (बेस रेट)मा नै सेयर कर्जा दिने भएको छ । ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गर्दै बैंकले आधार दरमा नै सेयर कर्जा दिने जनाएको हो ।

‘सेयर तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित सुरु गरेको उक्त योजना अन्तर्गत आधार दरमा कुनै पनि प्रिमियम नजोडी सेयर कर्जा दिइने बैंकले जनाएको छ । 

यसो त बैंक तथा वित्तीय संस्थाले आधार दरमा ग्राहक र जोखिम अनुसार प्रिमियम थप गरेर कर्जा प्रवाह गर्छन् । तर, एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजनामा आधार दरमा कुनै पनि प्रिमियम नजोडी सेयर कर्जा दिने जनाएको छ । 

सो योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रू. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रू. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

उक्त योजना अन्तर्गत आधार दरमै सेयर कर्जा दिइने भए पनि केही सर्तहरु भने लागू हुने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी