Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनपछि पासपोर्ट बनाउने बढे, राहदानी विभागलाई भीड थेग्नै धौ-धौ !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलपछि पासपोर्ट बनाउनेहरु ह्वात्तै बढेका छन् । आन्दोलनका कारण पासपोर्ट जलेपछि र उपकरणमा क्षति पुगेपछि अवरुद्ध भएको सेवा पुनः सुचारु भएपछि पासपोर्ट बनाउने राहदानी विभाग पुग्नेहरु ह्वात्तै बढेका हुन् । 

यसो त जेन-जी आन्दोलनअघि पनि पासपोर्ट बनाउनेहरुको भीड हुने गरे पनि आन्दोलनपछि भीड झनै बढेको विभागका अधिकारीहरुले बताएका छन् ।

आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालयहरुमा तोडफोड र क्षति हुँदा पासपोर्टसँग सम्बन्धित उपकरणहरुमा क्षति पुगेको थियो । सोही कारण जिल्लामा पासपोर्ट वितरणको काम प्रभावित भएको थियो । जिल्लामा पासपोर्ट वितरणको काम रोकिएपछि धेरै सेवाग्राही पासपोर्ट बनाउन विभाग पुग्ने गरेका छन् । यसले पनि विभागमा पासपोर्ट बनाउनेहरुको भीड बढेको विभागका अधिकारीहरुको भनाई छ । 

अर्कोतर्फ दशैँ तिहारमा घर फर्किएकाहरु पासपोर्ट बनाएर फर्किन थालेपछि पनि राहदानी विभागमा पासपोर्ट बनाउनेहरु बढेका छन् । विभागका अनुसार अहिले सामान्य प्रक्रियाबाट दैनिक १ हजार र जरुरी परेर आउने २ देखि ३ सय जनालाई पासपोर्ट उपलब्ध गराइँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK