काठमाडौँ । सरकारले फिर्ता बोलाइएका राजदूतहरुलाई मन्त्रालयमा काम गर्न भनेको छ । सोमबार फिर्ता बोलाइएका राजदूतहरुलाई पत्र पठाउँदै परराष्ट्र मन्त्रालयले मन्त्रालयमा आएर काम गर्न भनेको हो ।
मन्त्रालयका अनुसार फिर्ता बोलाइएका ११ जना राजदूतहरुलाई मन्त्रालयमा कामकाज गर्नेगरी कार्तिक २० गतेबाट मन्त्रालयमा हाजिर हुन पत्राचार गरिएको छ ।
सरकारले यसअघि राजनीतिक नियुक्ति पाएका राजदूतहरलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट समेत परेको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दा टुंगो नलाग्दासम्म राजदूत फिर्ता नगर्न आदेश दिएको थियो ।
हाल सरकारले घुमाउरो पारामा राजदूतहरुलाई मन्त्रालयमा आएर काम गर्नू भन्दै पत्र पठाएको छ । ‘तोकिएको देशमा गएर काम गर्न नपाएर, मन्त्रालयमा फर्किएर काम गर्नू भनेको फिर्ता बोलाए सरह नै हो ।’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगब चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्